प्रदेश सरकार चाहिदैन, स्थानिय र संघिय सरकारमात्र आवश्यक छ : केसी
धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गरेका छन् ।
बुधबार बोलन्या थलीको सेटमा बोल्दै उनले संघीयता देशलाई भारी भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष केसीले क्षेत्रीय ,जातियका आधारमा गरेको संघियता खतरा भएको बताए । नेपालको भू–बनोट, सानो अर्थतन्त्र, सामाजिक, राजनीतिक आदि कारणले संघीयता नचाहिने तर्क गरे । नेपालमा स्थानिय सरकार र संघिय सरकार मात्र आवश्यक रहेको बताए ।
एमसिसीको प्रसङ्गमा नेता केसिले केपी ओली, शेरबहादुर देउवा, बाबुराम भट्टराई नेपालमा एमसिसि कार्यान्वयन लागु भए जसरी देशको गरिवी हटाउने भनेका छन् यो प्रचारवाची र जनतालाई भर्म पारेको बताए । एमसिसी देशको राष्ट्रियता,अखण्डताका लागि खतरा रहने जिकिर गरे ।
नेपाल प्राकृतिक सम्पदको धनी भएपनी बाह्य शक्तिको नियन्त्रणमा रहेको दाबी गरे । केपी ओली र कमल थापाले बिदेशीको इसारामा गणतन्त्र असफल बनाउन खोजेको अरोप लगाए ।
नेता केसिले राजनीतिक संस्कार नहुदा नेपालका पार्टी र स्वयंमा जनमोर्चामा पनि केही नेताका कारण पार्टी बिवादित भएको बताए ।५ दलको गठबन्धन सरकारमा जनमोर्चा सहभागी नभएको बताए ।