सेती अस्पतालद्धारा सेवा विस्तार, क्यान्सर र मुटुको परीक्षण हुने

बोलन्या थली | १३ आश्विन २०७८, बुधबार
  • 2
    Shares
सेती अस्पतालद्धारा सेवा विस्तार, क्यान्सर र मुटुको परीक्षण हुने

धनगढी,१३ असोज । सेती प्रादेशिक अस्पतालले प्रयोगशालाको स्तरोन्नती गरी सेवा विस्तार गरेको छ। आफ्नै प्रयोगशाला भवनमा नयाँ मेसिन राखेर विभिन्न रोगको परीक्षण गर्न सुरु गरिएको हो।

मुटुरोग, क्यान्सर, डायबिटिज लगायत अन्य रोगको परीक्षण सुरु भएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डा.हेमराज पाण्डेले बताए ।

सेती अस्पतालले सञ्चालनमा ल्याएको प्रयोगशालामा कम शुल्कमा परीक्षण हुने भएपछि सेवाग्राहीलाई सहज हुने विश्वास लिइएको छ।  

  • 2
    Shares

जनाअवजको टिप्पणीहरू