काँग्रेसको जय पृथ्वी नगरपालिकाको सचिवमा जनार्दन बम
बोलन्या थली |
११ आश्विन २०७८, सोमबार
बझाङ। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बझाङको जय पृथ्वी नगरपालिकाको सचिवमा जनार्दन बम चयन भएका छन् ।
शनिवार भएको अधिवेशनमा बम सचिवमा चयन भएका हुन् । आफुलाई अत्याधिक बहुमतले विजयी गराउनु हुने सम्पूर्ण जयपृथ्वी नगरपालिका भित्रका क्षेत्रीय प्रतिनिधिज्यू हरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।
साथै नेपाली काङ्ग्रेसको संगठन निर्माण र लोकतन्त्रको स्थापितको लागि सदैव कटिबद्ध रहने विश्वास व्यक्त गरेका छन् ।


