काँग्रेसको दिपायल सिलगढी नगरपालिकाको कार्यसमितिको सभापतिमा पुन: मलासी


डोटी । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डोटीको दिपायल सिलगढी नगरपालिका सभापतिमा गणेश मलासि सर्वसम्मत चयन भएका छन् ।
शनिवार भएको अधिवेशनमा गणेश मलासिलाई दोस्रो कार्यकालका लागि पनि दिपायल सिलगढी नगरपालिकाको काङ्ग्रेस सभापतिमा सर्वसम्मत चयन गरिएको हो ।
नगर सभापतिमा सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको टुङ्गो लगाइने थियो । उनी शैलेश्वरी यातायात समितिको अध्यक्ष पनि हुन् ।