डडेल्धुराका २८ वर्षीय भरत जोशी नगर सभापतिमा विजयी

बोलन्या थली | १० आश्विन २०७८, आईतवार
  • 191
    Shares
डडेल्धुराका २८ वर्षीय भरत जोशी नगर सभापतिमा विजयी

डडेल्धुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा २८ वर्षका भरत जोशी निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न पालिका अधिवेशनमा २ सय मत खसेकोमा जोशी १४८ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत पाए । ४ मत बदर भएको मतदान अधिकृतले जनाए । उपसभापतिमा जयबहादुर साउँद र सचिवमा खगेन्द्रबहादुर सिंह विजयी भए ।

सभापतिका उम्मेदवार जोशी र भट्ट दुबै संस्थापन समूहकै नेता हुन् । डडेल्धुरा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो ।

नगरपालिका सभापतिमा विजयी जोशीले चीनबाट स्नात्तकोत्तर अध्ययन पूरा गरेका छन् । उनी पछिल्लो डेढ वर्षदेखि गृहनगरमै बसेर सामाजिक कार्यमा सक्रिय थिए ।

  • 191
    Shares

जनाअवजको टिप्पणीहरू