पश्चिम सेतीका लागि निर्माण गरिएको बोलन्या थलीको गीतको विमोचन

बोलन्या थली | ३ आश्विन २०७८, आईतवार
पश्चिम सेतीका लागि निर्माण गरिएको बोलन्या थलीको गीतको विमोचन

धनगढी । पश्चिम सेतीका लागि निर्माण गरिएको बोलन्या थलीको गीतको विमोचन गरिएको छ । शनिवार राष्ट्रिय योजना पश्चिम  सेतीको बाध स्थल ढुङ्गाडमा एक कार्यक्रमका बिच विमोचन गरिएको हो ।

पश्चिम सेती जल विद्युत् आयोजनाको विस्तृत अध्ययनका लागि बीज्ञसम्मिलित उच्चस्तरीय टोलीले सो गीतको विमोचन गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए  । पश्चिम सेती निमार्णका लागि दबाब दिँदै आइरहेको थलिले यस अघि पश्चिम सेतीको बाध स्थल ढुङ्गाडमै ७५० वटा डोका सहितको आन्दोलन समेत गरेको थियो ।

त्यस्तै थलीले डोटीमा दिउसै ७५० वटा टुक्की बालेको सरकारको खोजी गरेको थियो । पश्चिम सेती जलविद्युत निर्माणको माग गर्दै थलीले निर्माण गरेको भिडियो केही दिनमै युट्युबमा सार्वजनिक गरिने संयोजक जोशीले जानकारी दिए ।

गीत विमोचन कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्षले नेतृत्व गरेको टोलीमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुशील भट्ट, अर्थ सचिव मधु मरासिनी, कानुन सचिव उदय सापकोटा, ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटवाल, पूर्व ऊर्जा सचिव अनुप उपाध्याय लगायत १५ जना विज्ञ टोलीको समेत सहभागिता रहेको थियो ।   

जनाअवजको टिप्पणीहरू