सुदूरपश्चिमको अर्थमन्त्रीमा तामाङ र राज्यमन्त्रीमा बोहरा नियुक्त

बोलन्या थली | १ आश्विन २०७८, शुक्रबार
सुदूरपश्चिमको अर्थमन्त्रीमा तामाङ र राज्यमन्त्रीमा बोहरा नियुक्त

कैलाली। सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट आज शुक्रवार दुई जना मन्त्री नियुक्त भएका छन ।  मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्रीमा नियुक्त गरेका छन ।

नव नियुक्त उनीहरू मध्ये तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगा प्रसाद यादव र राज्यमन्त्री राज्यमन्त्री माया तामाङ बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ गराएका छन ।

तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।

सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । पार्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले र अर्थराज्य मन्त्री अर्चना गहतराजले राजीनामा दिएपछी ती दुबै पद खाली रहेको थियो ।

जनाअवजको टिप्पणीहरू