एमालेमा आएको विवादले राजनीतिक सहयात्राको ३२ बर्षपछि अलग !

बोलन्या थली | २५ भाद्र २०७८, शुक्रबार
एमालेमा आएको विवादले राजनीतिक सहयात्राको ३२ बर्षपछि अलग !

डडेलधुरा : एमालेमा आएको विवादका कारण डडेलधुरामा नेकपा कम्युनिस्ट पार्टीका संस्थापक मध्येका नेता नरबहादुर बिष्ट र एमाले जिल्ला अध्यक्ष डा तारा जोशी ३२ बर्षको राजनीतिक सहयात्रा पछि अलग अलग भएका छन । लामो समय देखि जेष्ठ नेता बिष्ट डा. जोशीको राजनीतिक उतार चढाबको प्रमुख सल्लाहकार र सहयात्री रहदै आएका थिए ।

नेकपा एमाले बिभाजित भैसकेपछि जोशी एमाले मै रहे भने बिष्ट माधब नेपाल नेतृत्वको समाजबादीमा गए । यद्यपि लामो समय सम्म डा जोशी पनि समाजबादीमै जाने चर्चा थियो तर कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधिबाट व्यापक दवाब आएपछि जोशी एमालेमै रहेको स्थानिय नेता पदम बोहरा बताए ।

डडेलधुरामा आजै नेकपा एकीकृत समाजबादी ले तुलाराम बोहराको नेतृत्वमा जिल्ला कमिटी समेत घोषणा गरेको छ । जिल्लामा इमानदार नेताको छवि बनाएका बिष्ट २०५४ सालको स्थानीय निर्वाचनमा गाबिस अध्यक्ष थिए भने बौद्धिक नेताको रुपमा चिनिने डा. जोशी ०७० र०७४ को आम निर्वाचनमा पराजित भएका थिए ।

यस्तै जिल्लामा डा जोशीका कोर टीम भनेर चिनेने बिरेन्द्र बस्नेत , तुलाराम बोहरा , सुरेन्द्र बिष्ट , भुवन पाठक , प्रेम साउद , कमला साउद , खेम पाठक,पुष्प कठायत लगायतका नेताहरु नेकपा एसमा आबद्ध भएका छन ।

जनाअवजको टिप्पणीहरू