धनगढीमा २ करोड लगानीमा घर जग्गा विक्रि केन्द्र सञ्चालनमा आयो

बोलन्या थली | १४ भाद्र २०७८, सोमबार
  • 98
    Shares
धनगढीमा २ करोड लगानीमा घर जग्गा विक्रि केन्द्र सञ्चालनमा आयो

धनगढीमा घर जग्गा विक्रि केन्द्र खुलेको छ । धनगढी उपमहानगरपालिका–१ एलएनचोकमा दुई करोड लगानीमा घर जग्गा विक्रि केन्द्र खुलेको हो । धनगढीका युवा उपेन्द्र अवस्थीले घर जग्गा विक्रि केन्द्र खुलेका हुन् ।

उक्त घर जग्गा खरिद विक्रि केन्द्र व्यवसायीक रुपम सुदूरपश्चिम प्रदेशकै पहिलो हो । फारवेष्ट रियल स्टेट मल्टिपरपज सर्भिसज नाम दिएको घर जग्गा विक्रि केन्द्र धनगढीको एलएनचोकमा कार्यालय राखिएको छ । केन्द्रको सोमबार एक कार्यक्रमका बीच फारवेष्ट रियल स्टेट मल्टिपरपज सर्भिसजको उद्घाटन गरिएको हो ।

घर जग्गा विक्रि केन्द्र नहुँदा ग्राहकहरु ठगिएको हुँदा व्यवसायीक रुपमा खोलिएको फारवेष्ट रियल स्टेट मल्टिपरपज सर्भिसजका व्यवस्थापक उपेन्द्र अवस्थीले बताए ।उनले घर जग्गा किन्दा दलालहरुको फन्दामा नपर्न समेत आग्रह गरेका छन् ।

फारवेष्ट रियल स्टेट मल्टिपरपज सर्भिसज अन्र्तगत अमिन, घर भाडामा, फल्याट घाडामा, गाडी भाडामा, सटर भाडामा र दक्षमिस्त्री को सेवा पनि रहेको छ ।

  • 98
    Shares

जनाअवजको टिप्पणीहरू