पार्टीलाई फुटबाट जोगाउन नसकेकोमा दु:खी छु : ओली

बोलन्या थली | ९ भाद्र २०७८, बुधबार
पार्टीलाई फुटबाट जोगाउन नसकेकोमा दु:खी छु : ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुखी रहेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अनेकौँ कोशिस गर्दागर्दै पनि बचाउन नसकेको र पार्टी फुटेकोमा आफू दुःखी भएको बताएका हुन् ।

‘मेरो समयमा पार्टी प्रमुख भएकाले मैले बचाउने कोशिस गर्दागर्दै पनि पार्टी बचाउन नसकेकोमा दुःखी छु’, ओलीको भनाइ छ । उनले आफुले पढाएका सवै विद्यार्थी डिस्टिङसन ल्याउन भन्ने भएपनि केही विद्यार्थी फेल हुन स्वभाविक भएको बताए ।

जनाअवजको टिप्पणीहरू