महाकाली छेउको ‘भाइरल रोड’मा घुम्न स्थानीय प्रशासनको रोक

बोलन्या थली | ९ भाद्र २०७८, बुधबार
महाकाली छेउको ‘भाइरल रोड’मा घुम्न स्थानीय प्रशासनको रोक

कञ्चनपुर ।‘भाइरल रोड’ का नामले चर्चामा आएको कञ्चनपुरको महाकाली नदी छेउको सडकमा घुम्न रोक लगाइएको छ ।

महाकाली नदीमा निर्माणाधिन मोटेरेबल पुललाई जोड्ने पहुँच मार्गका रुपमा रहेको ६ लेनको पक्की सडकमा भीडभाड बढेपछि जिल्ला प्रशासन कार्यालयले घुम्नमा रोक लगाउने निर्णय गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले रोडमा बढ्दो भीडभाडका कारण कोरोना भाइरसको सक्रमणको जोखिम बढेको, सडक निर्माणाधिन अवस्थामै भएकाले भीड व्यवस्थापन गर्न समस्या भएको, झै झगडा हुने जस्ता कारणले आइतबारदेखि सो सडकमा घुम्न रोक लगाउने निर्णय भएको बताए ।

भीमदत्त नगरपालिका १२ ओदालीमा रहेको यो रोडमा टीकटक बनाउने र फोटो खिच्ने मानिसहरुको दैनिक भीड लाग्ने गरेको छ । कैलाली र कञ्चनपुरसहितका अन्य विभिन्न जिल्लाबाट यहाँ मानिसहरु आइपुग्छन्। शुक्रबार र शनिबार अन्य दिनको तुलनामा भीड बढि लाग्ने गरेको छ ।

जनाअवजको टिप्पणीहरू