नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १८ औँ साधारण सभा सम्पन्न

बोलन्या थली | ७ भाद्र २०७८, सोमबार
  • 84
    Shares
नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १८ औँ साधारण सभा सम्पन्न

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा सङ्गठन नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)को १८ औँ साधारण सभा सम्पन्न भएको छ । 

आफ्नो १८ औँ वार्षिक साधारण सभाबाट  दीर्घ राज जोशीको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । जोशी दक्षिण कोरियाको प्रतिष्ठित विश्वविधालयमा औषधिय रसायन विज्ञानमा विद्यावारिधि गरिरहेका छन्। जोशीसँग लामो सामाजिक कार्यको अनुभव छ  ।

विगतमा पनि उनले सोनसिकमा सचिवको जिम्मेवारी निर्वाह  गरिसकेका छन्  । १७ औँ कार्यसमितिका सभापति राजाराम श्रेष्ठको अध्यक्षता सम्पन्न सभा विश्वव्यापी महामारीका रूपमा रहेको कोभिड–१९ को विषम परिस्थितिका कारण यो कार्यक्रम अनलाइन मार्फत सम्पन्न गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली राजदूतावास सउलका कार्यवाहक राजदूत तथा उपनियोग प्रमुख राम सिंह थापा,  अतिथिमा सोनसिकका संस्थापक अध्यक्ष जनार्दन लामिछाने रहेका थिए ।

कार्यक्रम सोनसिकको फेसबुक पेज मार्फत लाइभ गरिएको थियो। साधारण सभाले उपाध्यक्षमा क्षेत्र नं १ बाट सुन्दर बरुवाल, क्षेत्र नं २ बाट विरेन्द्र नारायण साह, क्षेत्र नं ३ बाट सौगात सिवाकोटी र क्षेत्र नं ४ बाट नबिन बोहरा चयन भएका छन् ।

यस्तै सचिवमा ग्रिन्सन सर्मा, सह–सचिवमा मनिष पाण्डे, कोषाध्यक्षमा प्रदिप देवकोटा सँगै सदस्यहरूमा प्रकाश नेपाली, बिक्रम खड्का, भरत खत्री, लक्ष्मण मानन्धर, र दिवाकर चौलागाई चयन गरेको छ । २००४ मा स्थापना भएको संस्थाले निरन्तर नेपाली विद्यार्थीहरूको हक हितका लागी काम गर्दै, शैक्षिक सेमिनार, खेलकुद, सांस्कृतिक कार्यक्रम आदिले निरन्तर नेपाली विद्यार्थीहरू, नेपाल र कोरियन समाज लाई जोड्दै आएको छ ।

  • 84
    Shares

जनाअवजको टिप्पणीहरू