बोलन्या थलीका संयोजक जोशीले मुस्लिम समुदायमा रक्षाबन्धन मनाए

बोलन्या थली | ६ भाद्र २०७८, आईतवार
बोलन्या थलीका संयोजक जोशीले मुस्लिम समुदायमा रक्षाबन्धन मनाए

बोलन्या थलीका संस्थापक तथा संयोजक यादब जोशीले मुस्लिम समुदाय संग रक्षाबन्धन मनाएका छन् । आज परेको रक्षाबन्धनको अवसरमा उनले धनगढी उपमहानगरपालिका १ मा बसोबास गर्दै आईरहेका सबिना बानो र फर्जना खानको घरमा गई रक्षाबन्धन लगाएका हुन् ।

No description available.

जोशी ब्रह्माण परिवारमा जन्मे पनि आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान दिनको लागि आफुले मुस्लिम समुदायसंग रक्षाबन्धन मनाएको बताए ।

‘संस्कृतिक र धार्मिक अतिवादले राष्ट्रबादको सहि र आबश्यक मार्ग निर्धारण गर्ने होइन’,उनले भने सद्भाव र सहिष्णु भावनाले परमात्माको सन्निकट लग्छ ।’

सो समुदायमा रक्षा बन्धन मनाउनमा सहयोग गरिदिने मुस्लिम समुदायका अगुवा शेख मुनिरलाई समेत उनले धन्यावाद ज्ञापन गरे । जोशीले यस अघि पनि सामाजमा जातीय छुवाछुतको प्रथा कायमै रहेको र त्यसको अन्त्यका लागि सन्देश दिन दलित बस्तीमा तिहार मनाएका थिए ।

जनाअवजको टिप्पणीहरू