‘नेता सुते’ भन्दै डडेल्धुराका युवाले सडकमै धान रोपे

बोलन्या थली | ४ भाद्र २०७८, शुक्रबार
‘नेता सुते’ भन्दै डडेल्धुराका युवाले सडकमै धान रोपे

डडेल्धुराका युवाले सडकमै धान रोपेका छन्। सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकामको सडकमा उनीहरुले धान रोपेका हुन्।जीर्ण सडक मर्मत नगरिएको र आवतजावतमा सास्ती भएको भन्दै उनिहरुले सडकमै धान रोपेका हुन् ।

बर्सातको समयका सडकमा हिलो हुने गरेको र हिलोले हिँड्नसमेत समस्या भएको सडकमै धान रोपेको स्थानीय युवा सुरत जानकारी दिए।उक्त समस्या समाधानका लागि सरकारलाई दबाब दिन धान रोपिएको उनले बताए।

यस्तै डडेल्धुरा सदरमुकामको सडक साघुँरो भएकाले दुर्घटनाको उच्च जोखिम रहेको उनको भनाई छ।सडक मर्मत तथा विस्तार गरिनुपर्ने उनीहरुको माग रहेको छ। स्थानीयहरूले धान रोप्दै ‘नेता सुते, धान उठे, ‘बन्दैन सडक, फल्दैछ बास्मती’ भन्दै विरोध जनाएका थिए।

जनाअवजको टिप्पणीहरू