कैलालीमा मास्क प्रयोग नगर्नेलाई कारबाही हुने

बोलन्या थली | १ भाद्र २०७८, मंगलवार
कैलालीमा मास्क प्रयोग नगर्नेलाई कारबाही हुने

धनगढी : कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले सर्वसाधारणलाई आजदेखि अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ । प्रशासनले मास्क प्रयोग नगर्नेलाई कारवाही गर्ने निर्णय पनि गरेको छ ।

कोरोना संक्रमण तेस्रो लहरको जोखिम उच्च भएर संक्रमणको दर बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयले यो निर्णय गरेको हो । कार्यालयले सोमबार आदेश पत्र जारी गर्दै जिल्लामा कोरोना संक्रमणको तेस्रो लहरको सम्भावना रहेको र अर्को तिर मास्क नलागाई हिँडडुल गर्ने प्रवृती बढेको पाईएकोले सार्वजनिक स्थानमा हिड्डुल गर्ने सर्वसाधारणलाई उचित मास्क प्रयोग गर्न आग्रह गरेको छ ।

अन्यथा मास्क नलगाई हिंड्ने व्यक्तिहरुलाई जरिवाना गर्ने प्रावधानलाई आजबाट कडाईका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको आदेशमा उल्लेख गरिएको छ । यस्तै कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । जिल्लामा कोरोना संक्रमणदर कायमै रहेकाले प्रशासनले  भदौ १० गतेसम्मलाई निरन्तरता दिएको हो ।

जनाअवजको टिप्पणीहरू