लडाकुलाई तालिबानको आदेश– नागरिकलाई दुःख नदिनू


काबुलमा कब्जा जमाएको तालिबानले आफ्ना लडाकूलाई जनतालाई दुःख नदिन र उनीहरुको स्वीकृति बिना घरमा प्रवेश नगर्न आदेश दिएको छ। अफगानिस्तानमाथि पुनः नियन्त्रण कायम गरेको तालिबान निकै उदार रुपमा प्रस्तुत हुन खोजेको देखिएको छ।
प्रवक्ता सुहैल शाहिनले ट्विट गर्दै भनेका छन्, ‘अनुमतिबिना कसैको घरमा प्रवेश नगर्न लडाकूहरुलाई निर्देशन दिइएको छ। नागरिकको जीवन, सम्पत्तिको सुरक्षा गर्न र सम्मान ठेन नपु¥याउन भनिएको छ।’