जुनियर जेसिजको स्थापना दिवसको अवसरमा आमाको माया छात्रवासलाई सहयोग
बोलन्या थली |
३१ श्रावण २०७८, आईतवार
धनगढी : धनगढी जुनियर जेसिजको स्थापना दिवसको अवसरमा आमाको माया छात्रवासलाई सहयोग गरिएको छ। जुनियर जेसिजको ७ औं स्थापना दिवसको अवसरमा धनगढीमा रहेको आमाको मामा छात्रवासलाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरिएको हो।
स्थापना दिवसको कार्याक्रममा जेसिजका पूर्व तथा वर्तमान पदाधिकारीहरुको सहभागिता रहेको जुनियर जेसिजका अध्यक्ष देवराज अवस्थीले बताए। जुनियर जेसिजले हालसम्म एउटा राष्ट्रिय स्तरको कार्यक्रमसमेत गरिसकेको छ। २०१५ मा स्थापना भएको जुनियर जेसिज विभिन्न सामाजिक काममा सक्रिय रहेको छ।


