पेट्रोलमा कालोबजारी गर्नेको लाइसेन्स खारेज गर्न बोलन्या थलीको माग
![](https://bolanyathali.com/wp-content/themes/bolanya/img/bolanya-face-sm.png)
![पेट्रोलमा कालोबजारी गर्नेको लाइसेन्स खारेज गर्न बोलन्या थलीको माग](https://bolanyathali.com/wp-content/uploads/2021/07/216881160_355545756079141_1732199609761740596_n.jpg)
धनगढी । पेट्रोलमा कालोबजारी गर्ने पम्पहरुको लाईसेन्स गर्न माग गरिएको छ । बोलन्या थलीले बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीलाई कालोबजारी गर्ने पम्पहरुको लाईसेन्स खारेजीको माग गर्दै निवेदन दिएको थलीका संयोग यादब जोशीले बताए ।
उनका अनुसार यो समस्या अहिले डडेलधुरामा बढी रहेको पाईएको जनाएको छ । त्यहाँ दुईओटा पेट्रोल पम्पहरु रहे पनि पेट्रोलको कृत्रिम अभाव देखाई कालोबजारी गर्ने गरेको पाईएको छ । अहिले पम्पमा पेट्रोल नपाउँदा १७० भन्दा माथी रकममा प्रती लिटर बोतलमा किन्नु पर्ने बाध्यता रहेको थलीका संयोजक जाशीले बताए ।
‘यही समस्यालाई समाधानको माग गर्दै हामीले बाणिज्य आपूतिमा निवेदन दिएका हौँ’ जोशीले भने, यस अघि पनि हामीले डडेल्धुरा प्रशासनलाई यो समस्या समाधान गर्न ध्यानकर्षण गराईसकेका छौँ।’
उनले डडेल्धुराका मात्रै नभई कैलालीमा त्यस्ता पम्पहरु रहेकाले उनिहरुको लाईसेन्स पनि खारेजी गर्नुपर्ने उनले बताए । फेरि पनि समास्या समाधान नभए आफुहरु कानुनी लडाईको शुरूवात गर्दै थप कदम अगाढी बढाउने चेतावनी दिए ।
![](https://bolanyathali.com/wp-content/uploads/2024/09/maya-metro_0_20230425175647.gif)