डडेल्धुरा पम्पहरुमा पेट्रोल पाइंदैन् ‘जुगाड’ गरेर जानु होला !

बोलन्या थली | २९ असार २०७८, मंगलवार
डडेल्धुरा पम्पहरुमा पेट्रोल पाइंदैन् ‘जुगाड’ गरेर जानु होला !

कैलाली : कैलालीको अत्तरिया चोकमा ‘डडेल्धुराका पम्पहरुमा पेट्रोल पाइंदैन् जुगाड गरेर जानु होला’ लेखिएको  ब्यानर राखिएको छ । पश्चिम सेती निर्माणको लागी दबाब दिँदै आएको समुह ‘बोलन्या थली’ ले यो ब्यानर राखेको हो । डडेल्धुराका पम्पहरुमा  पेट्रोल नमिल्ने तर बजारमा जति पनि मिल्ने गरेकाले बिरोध स्वरुप ब्यानर राखिएको हो ।

यसरी पम्पमा पेट्रोल नपाउँदा बजारमा कालोबजारी हुने गरेको छ ।  जसका कारण आम उपभोक्ता मारमा पर्ने गरेका छन् ।पेट्रोल पम्पमा पेट्रोल नपाएपछि सरकारले तोके भन्दा बढी रुपैयाँमा बजारबाट पेट्रोल हाल्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ । डडेल्धुरा बजारमा वीर बेताल र उग्रतारा आयल गरी दुई ओटा पेट्रोल पम्प रहेका छन् । यस अघि बोलन्या थलीले पेट्रोलियम पदार्थमा भएको कालोबजारी तत्काल रोक्न माग गर्दै डडेल्भुरामा विरोध प्रदर्शन गरेको थियो । 

यस अघि बोलन्या थलीले पेट्रोलियम पदार्थमा भएको कालोबजारी तत्काल रोक्न माग गर्दै डडेल्भुरामा विरोध प्रदर्शन गरेको थियो । ‘लाचार प्रशासन काउली गोड, पेट्रोल नदिने लाइसेन्स छोड’ भन्दै बोलन्या थली डडेल्धुरा युनिटले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको थियो ।

जनाअवजको टिप्पणीहरू