धनगढीमा डेढ करोडको लगानीमा ‘चिकेन स्टेशन’ सञ्चालनमा आयो
बोलन्या थली |
२७ असार २०७८, आईतवार
धनगढी । नयाँ स्वादका पारखीका लागि कैलालीको धनगढीमा ‘चिकेन स्टेशन’ सञ्चालनमा आएको छ । झण्डै डेढ करोडको लगानीमा धनगढीको चटकपुरमा चिकेन स्टेशन सञ्चालनमा आएको हो ।
जिवन बिमा क्षेत्रमा लामो समयदेखि कार्यरत तथा सामाजिक कार्यमा सक्रिय युवा मदन भट्ट र पुष्प पडालले ‘चिकेन स्टेशन’ सञ्चालनमा ल्याएका हुन् । पडालसंग भारतको पाँच तारे ताज होटलमा काम गरेको अनुभव छ । सुदूरपश्चिममै पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’ पस्किने सञ्चालकमध्येका मदन भट्टले जानकारी दिए । ‘चिकेन स्टेशन’ को आज एक कार्यक्रमका बिच कैलालीका व्यवसायी गोपाल हमालले उद्घाटन गरेका हुन् ।
मुख्यतः काठमाडौँबाट सञ्चालित ‘चिकेन स्टेशन’ सुदूरपश्चिममा विस्तार गर्ने लक्ष्यका साथ आफूहरुले धनगढीमा शाखा विस्तार गरेको भट्टको भनाई छ । चिकेन स्टेशनमा ९० वटाभन्दा बढी प्रकारका कुखुराको परिकार पाइनेछन् । सुदुरपश्चिमको धनगढीपछि अत्तरिया महेन्द्रनगर र डडेल्धुरामा पनि शाखा विस्तारको योजना रहेको सञ्चालक भट्टले बताए ।


