धनगढीवासीमा समर्पित निःशुल्क ‘महाप्रस्थान यान’ सञ्चालनमा

बोलन्या थली | २५ असार २०७८, शुक्रबार
धनगढीवासीमा समर्पित निःशुल्क  ‘महाप्रस्थान यान’ सञ्चालनमा

धनगढी,२५ असार । सुन्दर सुदूरपश्चिमका अभियन्ता तथा कैलालीका व्यवसायी गोपाल हमालले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन्। धनगढीमा पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका शोकाकुल आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरि अभियन्ता हमालले ३० लाखको लागतमा ‘महाप्रस्थान यान’को नाम दिएर सो वाहन सञ्चालनमा ल्याएका हुन्।

शुक्रबार धनगढीमा एक कार्यक्रमकाबीच महाप्रस्थान यान निःशुल्क रुपमा सञ्चालनका लागि हस्तान्तरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथी डा. हेमराज पन्त र हमाल परिवारले महाप्रस्थान यान सञ्चालनको जिम्मेवारी पाएका धनगढीका सामाजिक अगुवा शिद्धराज पनेरुलाई यानको चाबी हस्तान्तरण गरे।

Share this story

जनाअवजको टिप्पणीहरू