चर्चित गायक चक्र बमले ल्याए ‘छम्म छम्म’ (भिडियो)

बोलन्या थली | १४ असार २०७८, सोमबार
चर्चित गायक चक्र बमले ल्याए ‘छम्म छम्म’ (भिडियो)

धनगढी : चर्चित गायक चक्र बमले डोटेली फ्युजनमा नयाँ गित ‘छम्म छम्म’ बजारमा ल्याएका छन् । गीतमा गायिक चक्र बमको स्वर रहेको छ भने गितको शब्द र संगीत चक्र बमकै रहेको छ। गायक बमले पश्चिममा गाईने पुरानो भाकाको गितलाई परिमार्जित गर्दै बजारमा ल्याएका छन् ।

गीतको म्युजिक भिडियो फिचर्डमा चक्र बम आफै रहेका छन् । भने एरेन्ज केशव वडुले गरेका छन् । अडियो मिक्स खडक बाजुरेलीले गरेका छन् ।

म्युजिक भिडियोको सम्पादन प्रबिन भट्टले गरेका छन् । भने म्युजिक भिडियोको निर्देशनले बिक्रम चौहानले गरेका छन्  । म्युजिक भिडियो गायक चक्र बमको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ।

पछिल्लो समय गायक चक्र बमका गितलाई श्रोता, दर्शकले अत्यधिक मन पराएका छन् । उनले यो गित सुदूरपश्चिममा लोप हुन लागेको हुड्केलीलाई गित प्रस्तुत गरेका छन् । भने हुड्केलीमा नयाँ पुस्ताका युवालाई नचाउन खोजेका छन् ।

जनाअवजको टिप्पणीहरू