धनगढी जेसीजको समन्वयमा सेती अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

बोलन्या थली | ३१ जेष्ठ २०७८, सोमबार
धनगढी जेसीजको समन्वयमा सेती अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


धनगढी । रेरी बाँकेको सौजन्य र धनगढी जेसीजको समन्वयमा सेती प्रादेशिक अस्पताल धनगढीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । धनगढी जेसीज वर्ष २०२१ का अध्यक्ष कमल राज पनेरु र रेरी बाँकेका अध्यक्ष पुनित विक्रम शाहले संयुक्त रुपमा करिब ८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

उनका अनुसार धनगढी जेसीज वर्ष २०२१ का अध्यक्ष कमल राज पनेरुका अनुसार अक्सोमिटर १५ पिस,पिपिसेट १२० पिस, दश लिटरको ३ पिस अक्सिजन कन्सेट्रेटर सहयोग गरेको बताए । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा धनगढी जेसीजका पुर्ब अध्यक्ष सिनेटर डा. कृष्ण बहादुर बोहरा, जेसी पदम विक्रम सिंह र जेसी नरेन्द्र राज अवस्थीज्यूको उपस्थित रहेको थियो ।

No description available.

जनाअवजको टिप्पणीहरू