मनकारि मेयरले विपिन ओझाले गरे १३ परिवारलाई राहत वितरण
बाेलन्याथली र खबरदारि मिडिया हाउसकाे आयाेजनामा राहत विरण गरिएकाे हाे
डडेल्धुरा – डडेल्धुरामा आज अमरगढि नगरपालिकाका नगर प्रमुख विपिन ओझाले वडा नम्बर ८ का १३ परिवारलाई राहत विरण गरेका छन् । डडेल्धुरा बाट बाेलन्याथली र खबरदारी मिडिया हाउसले सुचारु गरेकाे अभियान अन्तर्गत आज राहत वितरण गरेकाे हाे । अभियानमा डडेलधुराकाे अमरगढी नगरपालिका र युवा ईन्जिनियर दिपक ओझाले आर्थिक सहयाेग गरेका हुन् । आफुले राहत पाउँदा राहत पाउँदा आफु निकै खुशी भएकाे विस्ना देवि शार्किले बताउनु भयाे ।
अमरगढिका दलित ,विपन्न अशाहय लाई नगरका मेयर विपिन ओझाले हस्तान्तरण गरेका हुन् उक्त राहत खबरदारी मिडिया हाउसका सम्पादक तथा बाेलन्याथलि का डडेल्धुरा युनिट संयाेजकले औपचारिक कार्यक्रम गरि मेयर ओझालाई हस्तान्तरण गरेका हुन् । राहत वितरण गरेकाे चेत ओझाले जानकारि दिनुभयो । राहत वितरणमा नगरका युवा चेत ओझाले विशेष समुन्वय गरेका हुन् ।
अभियानमा डडेल्धुरा युवा सुरत तमाेली, सुदर्शन ओझा , प्रिन्स भट्ट ,महेश भण्डारी, भुवन भाट,रमेश भण्डारी, राजेन्द्र जाेशीकाे सहभागिता रहेकाे थियाे । प्राणका लागि रु ५०० अभियानले डडेल्धुरा , डाेटि ,अछाम, बाजुरामा १६० थान सिलिन्डर हस्तान्तरण गरेकाे छ भने डडेल्धुरामा सातै स्थानीय तहमा ४० थान अक्सिमिटर वितरण गरिसकेको छ यस्तै डडेल्धुराकाे भागेश्वर र अमरगढी नगरपालिकाका २६ परिवारलाई राहत वितरण गरेकाे छ ।
अभियानले डडेल्धुराका विकट गाउँमा काेराेना सम्बन्धि जनचेतनामूलक सन्देशका ब्यानरहरु लगाउने काम गरिरहेकाे छ। अभियानकाे संयाेजका दिपक भट्टले गरिरहेका छन् भने ,अभियानका समुन्व्य बाेलन्याथलीका संयाेजक यादव जाेशिले गरेका छन् ।
जाेशी भन्छन् “याे विषम परिस्थिति हामीले घाउमा मलम लगाउने काम गरेका छाै सहयोग र समुन्व्यका लागि सबै लाई अपिल गर्दछु र याे अवस्था सबै सुरक्षित बस्नु अनुराेध छ” ।