देउवाका वकिलले भने–’सरकार बन्न नसकेको होइन, नदिइएको हो’

बोलन्या थली | २६ जेष्ठ २०७८, बुधबार
देउवाका वकिलले भने–’सरकार बन्न नसकेको होइन, नदिइएको हो’

काठमाडौँ,२६ जेठ ।  सर्वोच्च अदालतमा परेको संसद् विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ सुरु भएको छ । रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता महादेव यादवले संविधानको धारा ७६(५) बमोजिम सांसद दलीय आधारमा नहुने तर्क गरे ।

उनले यस्तो अवस्थामा कुनै एक सांसदले पनि बहुमत पुर्‍याउन सक्ने व्यवस्था गरिएको तर्क गर्दै संविधानअनुसार शेरबहादुर देउवाले गरेको दाबी राष्ट्रपतिबाट अस्वीकार गर्न नमिल्ने बताए ।

उनले भने, “यदि शेरबहादुर देउवाले विश्वासको मत लिन नसकेको अवस्था आएको भए प्रतिनिधि सभा विघटन हुन सक्थ्यो ।राष्ट्रपति कार्यालयले सरकार बन्न नसकेको भन्दै विज्ञप्ति जारी गर्‍यो । यो त सरकार बन्न नसकेको होइन, बन्न नदिइएको हो ।

यस्तो अवस्थामा प्रतिनिधिसभा विघटनको बाटो संविधानले खोलेको छैन ।”उनले ओली बाहेक प्रधानमन्त्रीमा दाबी गर्न पाउँदैन भन्ने संविधानमा लेखिएजस्तो व्यवहार भएको तर्क गरे ।

जनाअवजको टिप्पणीहरू