भारतीय सुरक्षाबलको ताण्डब : नेपालीलाई आफ्नै जमिनमा खेति गर्न रोक

बोलन्या थली | २६ जेष्ठ २०७८, बुधबार
भारतीय सुरक्षाबलको ताण्डब : नेपालीलाई आफ्नै जमिनमा खेति गर्न रोक

धनगढी,२६ जेठ । सिमा नाकाको विवादकै कारण कञ्चनपुरका नागरिकले भारतिय सुरक्षा निकायबाटै बारम्बार दुख भोग्दै आईरहेका छन् । कञ्चनपुरको पुनर्वास,बेलौरी,दोधारा चाँदनी नगरपालिका लगायतका नागरिकले भारतीय सुरक्षाकर्मीबाटै पीडा भोग्दै आईरहेका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा वर्षौंदेखि खेती गर्दै आइरहेका नारायणप्रसाद अधिकारीको परिवारलाइ भारतीय सीमा सुरक्षा बल एसएसबीले खेती लगाउने र घर भित्राउने समयमा फेरी दुःख दिदै आईरहेको छ  ।

सेतो पुर्जाको राजस्व नेपाल सरकारलाई बुझाएको बिल समेत राखेका छन। उक्त जमिनमा २०२२ सालदेखि आफूले खेती गर्दै आइरहेको र यो खेतीबाली लगाउने समयमा भारतीय पक्षले आएर हरेक बर्ष दुःख दिने गरेको अधिकारीले बताए ।

२०५४ सालको नापीको फिल्ड बुकमा कायम भएर २०६६ सालमा सेतो पुर्जा पाइसकेका छन् । यसरी नेपाली सिमा नाकामा दादा गीरी देखाउदै धम्क्याउँदै आइरहेका एसएसबीको दुःख र कष्ट भोग्दै आएका अधिकारी परिवार र स्थानीयले नेपाली सीमा नाकामा दादागिरी देखाउनु भन्दा चाइना र कार्गेलमा गएर यस्तो दादागिरी देखाउनुस भन्ने प्रति उत्तर दिएका थिए।

तर एसएसबीले उल्टै नेपालीलाइ खेतबारीबाटै उठाएर लग्ने ठाडो धम्की दिएका छन् । स्थानीय र अधिकारी परिवारले धेरै बोलेमा एफआइआर दर्ज गरी खेतबाट नै उठाएर लग्ने धम्कीसमेत एसएसबीले दिएका छन् । यसरी नेपाली सीमानाकामा बल प्रदर्शन गर्दै आइरहेका एसएसवीेको दुःख र कष्ट भोग्दै आएका अधिकारी परिवार र स्थानीयवासीले नेपालीमाथि भारतीय सुरक्षाबलको हेपाहा प्रवृतिले सीमा नाघेपनि बोलिदिने कोही नभएको गुनासो गरेका छन् । सिमानाकै कारणले २०७३ साल फागुन २७ गते कञ्चनपुरको पुनर्वास नगरपालिका ९ का गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो । 

जनाअवजको टिप्पणीहरू