परिक्षा फारम भर्न त्रि.विका विद्यार्थीलाई समस्या

बोलन्या थली | २१ जेष्ठ २०७८, शुक्रबार
परिक्षा फारम भर्न त्रि.विका विद्यार्थीलाई समस्या

परिक्षा सञ्चालनका लागि भन्दै त्रि।वि।ले खुलाएको अनलाइन फारममा विद्यार्थीले विभिन्न असहजता भोगिरहेका छन् ।

कतिपय विद्यार्थीलाई परिक्षा फारम कसरी भर्ने भन्ने समेत थाहा नभएको पाइएको छ भने कतिपयले सही तरिकाले रष्जिट्रेशन नम्बर राख्न नजादा फारम समिट हुनमा समेत समस्या देखिएको छ । त्रि।विका विद्यार्थी भावी शर्माले आफ्नो फर्म भर्ने बेला सहि तरिकाले रष्जिट्रेशन नम्बर राख्न नजादा पटक पटक समस्या भोगे ।

त्यस्तै त्रि।वि। कै अर्की विद्यार्थी कैलाकी विमला भट्टले कलेज रष्जिट्रेशन नम्बर नम्बर उपलब्ध नगराएको गुनासो गरिन् । रष्जिट्रेशन नम्बर बारे बुझ्न कलेजमा फोन गर्दा कलेजले फोन नउठाउने र त्रि।विमा आवश्यक जानकारी लिन फोन गर्दा पनि फोन नउठ्ने समस्या धेरै विद्यार्थीले भोगीरहेका छन् । यि त केही प्रतिनिधि उदाहरण मात्र हुन् ।

परिक्षा फारम सन्दर्भमा विद्यार्थीले अहिले विभिन्न किसिमका झमेला भोगीरहेका छन् । त्रि। वि ले फारम भर्न समस्या परेको खण्डमा सहयोग लागि सम्पर्क कर्मचारीको नम्बर समेत नदिदा विद्यार्थी अन्योलमा परेका हुन् ।

कतिपय विद्यार्थीले यसअघि कलेज मार्फत फारम भरेपनि फेरी दो¥याएर भर्दा फारम नलिएको गुनासो गरेका छन् । जबकी कलेजमा परिक्षा फारम भरेर बुझाएका विद्यार्थीले फेरी फारम भर्नु पर्दैन ।

विधार्थीमा देखिएको यो अन्योलता चिर्न परिक्षा नियन्त्रण कार्यालयले सहयोग र सहजीकरणका लागि कर्मचारी खटाउनुपर्ने आम विद्यार्थीको गुनासो छ ।

जनाअवजको टिप्पणीहरू