शुक्लाफाँटा – ८ मा रहेको पबित्र धार्मिक पर्यटकिय गन्तव्य मणिकाधाम (मुडका) क्षेत्रमा पर्यटन पुर्बाधार निर्माण
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा न. ८ मा रहेको पबित्र धार्मिक पर्यटकिय गन्तव्य मणिकाधाम (मुडका) क्षेत्रमा पर्यटन पुर्बाधार निर्माण कार्य गरिएको छ ।
मणिकाधाम क्षेत्रमा पर्यटन पुर्बाधार निर्माणकार्य अन्तर्गत अधुरो निलकण्ठ मन्दिर निर्माणकार्य ,मन्दिर क्षेत्रमा प्रबेश गर्ने र बाहिर निस्कने सिढि र ढलान बाटो निर्माणकार्य र बर्सेनि पुरिदै गएको मणिकातालको बाहिरी भागमा ताल संरक्षणका लागि निर्माणाधीन पर्खाल निर्माणकार्य सम्पन्न भएको छ।
कञ्चनपुर निर्बाचन क्षेत्र न.२ का प्रतिनिधि सभा सदस्य माननीय नरबहादुर धामी , सुदुरपस्चिम प्रदेश सभा सदस्य माननीय महेशदत्त जोशि लगायतले सहयोगी गरेको शुक्लाफाँटा नगरपालिका वडा न=८ का वडा अध्यक्ष बहादुर महराले बताए ।
मणिकाधाम क्षेत्रमा आफैमा एक पर्यटकिय क्षेत्र रहेको र अहिले थप संरचना निर्माण गरी संरक्षण कार्य भैरहेको उहाँले भने , ।