कञ्चनपुरमा चुरेदेखि तराईका खोलाबाट मापदण्ड विपरित उत्ख्नन बढ्दै

बोलन्या थली | २० जेष्ठ २०७८, बिहीबार
कञ्चनपुरमा चुरेदेखि तराईका खोलाबाट मापदण्ड विपरित उत्ख्नन बढ्दै

कञ्चनपुर-  दोस्रो लहरमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणका लागि कञ्चनपुरमा लकडाउन गरिएको छ । तर, कञ्चनपुरका खेलानाला दोहन भईरहेका छन । जिल्लाका महाकाली, चौधर, दोदा नदी लगायतका खोलानाला मापदण्ड विपरित दोहन भईरहेका छन । चुरेदेखि तराईका खोलाबाट मापदण्ड विपरित उत्ख्नन भईरहेको छ । टेक्टर, ट्रक व्यवसायीहरुले धमाधमा खोलामै जेसिभी लगाएर चुरे र बस्ती दिर्घकालिन रुपमा नास हुने गरि उत्ख्नन गरिरहेका छन । कृष्णपुर नगरपालिका ५ कञ्चनपुरका स्थानीय दिल बहादुर देउवाले लकडाउन भएपनि खोलानाला चुरे दोहन भईरहेको बताए । ‘सबैका लागि लकडाउन गरिएको छ, ‘उनले भने, ‘खोलानाला दिनदाहाडै दोहन भएका भएईछन, यो सबै मिलोमतोमा भईरहेको छ ।’ गाँउमा खानेपानीको पाईप विछाउने क्रममा काम रोकेपनि प्रहरीले खोलानाला दोहन भने नरोकेको बताए । ‘महामारीका बेला केही गिरोहले अचुचिल लाभ लिईरहेका छन, ‘उनले भने, ‘थाहा सबैलाई छ, तर रोक्दैनन, जनता महामारीका बेला घर बाहिर आउँन पाउँदैनन् ।’  कृष्णपुर नगरका सूचना अधिकारी प्रेम बहादुर बोगटीले लकडाउनका बेला काम रोकेको बताए । ‘हामीले उत्ख्नन रोकेका छौँ, ‘उनले भने, ‘कसैले चोरीगरि ल्याईरहेको अनुगमन गरेर कार्बाही गछौँ ।’ बेदकोट नगरका प्रवक्ता नरेश बहादुर सिहले पनि लकडाउनका बेला खोला नाला बन्द गरिएको बताए । कसैबाट अवैध उत्खनन् भए कार्बाही गरिने बताए । दोधाराचाँदनीका नगर प्रवक्ता दिल बहादुर सिजालीले सम्झौता भएका योजनाका लागि ढुङ्गा, बालुवा, गिट्टी ल्याउने दिने निर्णय योजना अनुरुप महाकाली नदीबाट मापदण्ड अनुसार ओसारिरहेको बताए ।  ‘हामीले चालु आर्थिक बर्षका लकडाउन अघि सम्झौता भएका योजनाको काम गर्न दिएका छौँ, ‘प्रवक्ता सिजालीले भने, ‘त्यही अनुरुप नदीजन्य पदार्थ ल्याईरहेका छन, अन्यथा भएको छैन, भए कार्बाही गछौँ ।’

जनाअवजको टिप्पणीहरू