सामाजिक कार्यमा हिडेका डडेल्धुराका दुई पत्रकार दुर्घटनामा : अवस्था सामान्य

बोलन्या थली | १९ जेष्ठ २०७८, बुधबार
सामाजिक कार्यमा हिडेका डडेल्धुराका दुई पत्रकार दुर्घटनामा : अवस्था सामान्य

डडेल्धुरा- कोरोना कहरका बिच जनचेतनाका सन्देश लिएर डडेल्धुराको भित्री मधेस गएका दुई जना पत्रकार दुर्घटनामा परेका छन् ।

डडेल्धुराको पर्शुराम नगरपालिकाबाट फर्किने क्रममा आलितालमा मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिदाँ दुर्घटना परि घाईते भएका हुन् ।

दुर्धटना मोटरसाइकल चालक लिपुलेक खबरका संवादाता भुवन भाट घाइते हुनु भएको र खबरदारी न्युजका संम्पादक तथा बोलन्या थली डडेल्धुरा संयोजक दीपक भट्टको अवस्था सामन्य रहेको छ ।

बोलन्या थलीले प्राणका लागी ५०० अभियान अन्र्तगत कोरोनाबाट बच्न जनचेतनाका सन्देशका व्यानर लिएर हिड्को उनी दुर्धटनामा परेका हुन् ।

प्राणका लागी ५०० अभियान सुदुरका पहाडी जिल्लामा अक्सिजन , स्वास्थ्य समाग्री , डडेल्धुरामा राहात वितरण तथा कोरोनाबाट बच्न जनचेतनाका सन्देशका व्यानर लगाउदै आएका थिए ।

Share this story

जनाअवजको टिप्पणीहरू