डा.सुरेन्द्र ऐरको नेतृत्व र “म बाच्छु अनि बचाउछु” अभियानको समन्वयमा सुदुरपश्चिमभरी निशुल्क स्वास्थ परामर्श

बोलन्या थली | १९ जेष्ठ २०७८, बुधबार
डा.सुरेन्द्र ऐरको नेतृत्व र “म बाच्छु अनि बचाउछु” अभियानको समन्वयमा सुदुरपश्चिमभरी निशुल्क स्वास्थ परामर्श

धनगढीको कैलाली अस्पतालमा फिजियोथेरापी बिभाग प्रमुख रहेका डा. सुरेन्द्र ऐरको नेतृत्व र “म बाँच्छु अनि बचाउँछु अभियान” को समन्वयमा कोभिड र ननकोभिडका बिरामीहरुले फोन मार्फत स्वास्थ्य परामर्श सेवा लिन सक्ने भएका छन् ।

केही सकारात्मक सोच,उर्जा भएका युवामार्फत संचालित “म बाच्छु अनि बचाउछु” अभियानले कोभिड-19 को विषम परिस्थितिमा जुनसुकै सहयोगको(एम्बुलेन्स, राहत,डा.परामर्श,रगत,विद्यार्थीका समस्या) आवश्यकता भएका मानिसहरूलाई केही समय यता सहयोग गर्दै आइरहेका छ।

अहिले यहि सन्दर्भमा सुदुर पश्चिम भरी विभिन्न ठाउँमा युवाहरुको संन्जाल बनाएर काम गरिरहेको छ। कोभिड संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि र कोभिड सङ्क्रमण नभएका अन्य बिरामीहरुलाई विशेषज्ञ डाक्टर मार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले विशेषज्ञ चिकित्सकहरुलाई फोन सम्पर्क गर्न सकिने बताइएको छ।

कोभिड भएर घरमा बस्नु भएका बिरामीहरुले निम्न बमोजिम समयमा उल्लेखित चिकित्सकलाई सम्पर्क गरेर परामर्श लिन सक्ने र कोभिड महामारीको डरले अस्पताल आउन नसक्ने अन्य जोसुकै बिरामीहरुले पनि परामर्श लिन सक्ने डा. सुरेन्द्र ऐरले बताउनु भएको छ ।

पछिल्लो समय कोरोना भाइरसका कारण धेरै मानिसहरू प्रभावित भएका छन । हामी धेरै जसो मानिसहरू कोरोना भाइरस बाट मानसिक रुपमा डराएका छौ त कत्ती कोरोना संक्रमण बाट गुज्रिएका पनि छौ। यसै असहज परिस्थितिको सामना गर्नको लागि हामीले स्वास्थ्यकर्मीहरुबाट उचित सल्लाह लिन आवश्यक हुन्छ।

No description available.
No description available.
No description available.
No description available.
No description available.

त्यसै कुरालाई मध्यनजर गर्दै डा. सुरेन्द्र ऐरको नेतृत्व र “म बाँच्छु अनि बचाउँछु अभियान” को समन्वयमा सुदुरपश्चिम भरी विषेशज्ञ चिकित्सहरुबाट निशुल्क स्वास्थ्य परामर्श सेवा संचालनमा आएको हो।

सम्पुर्ण बिरामीहरुले सेवा लिनको लागि आवस्यकता अनुसार तोकिएको समयमा निम्न विशेषज्ञहरु सङ्ग सम्पर्क गर्नुसक्नुहुनेछ।

डा. सुरेन्द्र एयर ( फिजियोथेरापिष्ट, साइको सोसियल काउन्सलर) नंबर:९८१८३२१३६६/९७४२८४२३२३ समय:बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ( हरेक दिन)

डा. ज्ञानेन्द्र जोशी ( हाडजोर्नी तथा मेरुदण्ड विशेषज्ञ) नंबर:९८५१११९०३४ समय: दिउसो 1 देखि 2 ( हरेक दिन)

डा. राजेश पंजियार ( सिनियर फिजिसियन तथा मुटुरोग विशेषज्ञ) नंबर:९८४५५०५७२२ समय:बिहान १०:३० देखि ११:३० सम्म ( आइतवार ,मङ्गलबार ,बिहीबार)

डा. निशान भट्टराई ( जनरल फिजिसियन) नंबर:९८४८२९३६६६ समय: साझा ६-८ ( आइतबार-शुक्रवार)

डा. रुचि गुप्ता ( बालरोग विशेषज्ञ) नंबर :९८६२९१९९३२ समय:बिहान ११-१२( सोमबार, बुधबार,शुक्रबार)

डा. प्रशान्त भट्ट (नाक ,कान ,घाँटी रोग विशेषज्ञ) नम्बर:९८०६४५०८८१ समय:बिहान ११-१२ ( सोमबार, मंगलबार ,बुधबार)

डा. प्रभात सापकोटा ( मानसिक रोग विशेषज्ञ) नम्बर:९८५११३५१३२ समय: साझा ७देखि ८(हरेक दिन)

डा. कविता शाह ( कन्सल्ट्यान्ट गाइनोकोलोगिस्त) नम्बर:९८०३७३९४३१ समय: साझा 6-8 (आइतबार- शुक्रबार) डा. प्रति भण्डारी (MDS, दन्त चिकित्सक) नंबर:९८५७०१०८०० समय: दिउँसो 1 बजेदेखि साँझ 6 बजेसम्म( आइतबार, सोमबार, मंगलबार)

डा. रंजन शर्मा (BDS, दन्त चिकित्सक) नंबर:९८४११०६९८४ समय: बिहान 11- दिउँसो 5( आइतबार -शुक्रवार)

डा. सृष्टि भण्डारी (BDS, दन्त चिकित्सक) नम्बर:९८०७५१२७३३३ सयम: साँझ (6-8) (हरेक दिन) डा. सन्तोस जोसी ( रेडियोलोजिस्ट) नंबर:९८५१२८१११० समय: दिउँसो 1 बजेपछि (बुधबारबाट)

डा. वीरेन्द्र सिंह बुडाल ( एनेसथेसिया तथा कृतिका केयर विशेषज्ञ) नंबर:९८४९५०५०६ समय:बिहान 10-11( आइतबार- शुक्रवार)

डा. विष्णु बहादुर बुढा ( कन्सल्ट्यान्ट जनरल सर्जन) नम्बर:९८४१६४९५४९ समय: दिउँसो 12-2 (हरेक दिन)

डा. गिरीश अवस्थि ( कन्सल्ट्यान्ट एम.डी.जी.पि) नम्बर:९८६४३१९३१३ समय:बिहान ९-१० ( सोमबार बुधबार शुक्रबार)

डा. हरि पौडेल ( न्युरो सर्जन) नंबर:९८५६०६६३२१ समय:साझ ४-६ (सोमबार ,बिहिवार ) डा.मनोज गौतम ( बालरोग विशेषज्ञ) नम्बर:९८४१००९६०९ समय: दिउँसो 3-5 (हरेकदिन)

जनाअवजको टिप्पणीहरू