कञ्चनपुरमा थप ९९ जना संक्रमण मुक्त, ३ जनाको मृत्यु


धनगढी, १७ जेठ । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचारका क्रममा थप ३ को मृत्यु भएको अस्पतालले जनाएको छ ।
कञ्चनपुरको भिमदत्त बेलौरी ५ का ३५ बर्षिय पुरुष, पुर्नवास ३ का ५५ बर्षिय पुरुष र कैलालीका लम्कीचुहा १ का ६८ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिईन् ।
यस्तै आज जिल्लामा आज थप ६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । थप ९९ जना संक्रमण मुक्त भएका छन् ।