सेती प्रादेशिक अस्पतालमा बेड र अक्सिजनको समस्या सहज हुँदै


धनगढी- धनगढीको सेती प्रादेशिक अस्पतालमा बेड र अक्सिजनको हाहाकार हुने गरेकोमा पछिल्ला दिनमा भने त्यो समस्या सहज हुँदै गएको छ।
कृहि दिन अघि मात्रै इमरजेन्सी वार्ड, ग्यालरी र आँगनमा समेत अक्सिजन दिएर उपचार गराई रहेको सो अस्पतालममा अहिले सो समस्ष नरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो एक सातादेखि अक्सिजन र बेड अभावमा कसैले पनि उपचारबाट बञ्चित हुनु नपरेको अस्पतालकोदाबी छ ।
समयमा बेड र अक्सिजन नपाएर संक्रमितको मृत्यु भइरहेको गुनासो आइरहेका बेला सेती अस्पतालका फिजिसियन डक्टर निशान भट्टराइले निमोनियबाट ग्रस्त भएर अस्पताल भर्ना भएकाहरुको मृत्युदर बढेको बताए। समयमा उपचारका लागि अस्पताल नआउने अवस्थाका कारण कतिपय दीर्घ रोगीहरुको संक्रमका कारण मृत्यु हुने गरेको उनले बताए।
सुदूरपश्चिमका १२ अस्पतालहरुको कुल बेड क्षमता ९४८ मात्र हो। यहाँको आइसियु क्षमता ६७, भेन्टिलेटर ३२, आइसोलेसन बेड संख्या ४६२, कोभिड बेड १२०, कोभिड आइसियु बेड ५५ तथा कोभिड भेन्टिलेटर संख्या २५ मात्र रहेको छ। बेड विस्तार र अक्सिजन आपूर्ति पछिल्लो समय सहज हुँदै गएकाले आत्तिनुपर्ने अवस्था नरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
संक्रमितहरुले समयमा उपचार र खानपिनमा ध्यान दिने हो भने कसैले पनि संक्रमण भएकै कारण ज्यान गुमाउनु नपर्ने फिजिसियन डक्टर भट्टराईको सुझाव छ। सेतीमा थप ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएपछि कोरोना संक्रमितहरुको उपचारमा अझै सहजता आउने देखिएको छ।