श्रेष्ठ र मगरको सहयोगमा भागेश्वर गाँउपालिकाका विपन्न परिवारलाई राहत वितरण

बोलन्या थली | ११ जेष्ठ २०७८, मंगलवार
श्रेष्ठ र मगरको सहयोगमा भागेश्वर गाँउपालिकाका विपन्न परिवारलाई राहत वितरण


डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाँउपालिकाका विपन्न परिवारलाई राहत समाग्री वितरण गरिएको छ । बोलन्या थली डडेलधुरा युनिटीको पहलमा दार्जिलिङ निवासी शीमा श्रेष्ठ र हङकङबाट तर्जुना मगरको सहयोगमा भागेश्वर गाँउपालिका ३ बोगटा र ४ कुरगईलका ७ बिपन्न परिवारलाई राहत स्वरुप चामल,दाल, तेल लगायतका सामाग्री वितरण गरेको बोलन्या थली डडेलधुरा युनिटीका संयोजक दिपक राज भट्टले बताए ।

कोरोना महामारीमा काम गर्न नपाएर एक छाक टर्न समेत समस्या परेका दलित र असाह्यय परिवारलाई केही भए पनी राहत हुने भन्दै श्रेष्ठ र मगरको सहयोगमा खाध्यान सामाग्री सहयोग गरेको उनले बताए । सो अभियानमा साथ दिने श्रेष्ठ र मगर प्रति भट्टले आभार व्यक्त गरे ।

पछिल्लो समय बोलन्या थलीले पश्चिम सेती निमार्णका लागी विभिन्न दवाब मुलक अभियान , प्राणका लागी ५०० अभियान तथा सामाजिक कार्य लगायतका कार्यहरु गर्दै आईरहेको छ ।

No description available.

जनाअवजको टिप्पणीहरू