पिसिआर परिक्षणमा शुल्क नलिन माग गर्दै डडेल्धुरा अस्पताललाई ज्ञापन

बोलन्या थली | १० जेष्ठ २०७८, सोमबार
पिसिआर परिक्षणमा शुल्क नलिन माग गर्दै डडेल्धुरा अस्पताललाई ज्ञापन

पिसिआर परिक्षणमामा शुल्क नलिन माग गर्दै डडेल्धुरा अस्पताललाई ज्ञापन पत्र दिईएको छ । पिसिआर परिक्षणमा डडेल्धुरा अस्पतालले शुल्क लिने गरेको भन्दै बोलन्या थली डडेल्धुरा युनिटीले शुल्क नलिन माग गर्दै अस्पताललाई ज्ञापन पत्र बुझाएको हो । कोरोनाका लक्ष्य देखिएका बिरामीको निस्शुल्क पिसिआर परिक्षण गर्नु पर्ने सरकारले नै परिपत्र गरे पनि डडेल्धुरा अस्पतालले शुल्क लिएको बिरामीले गुनासो बढेपछि थलिले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई ज्ञापन पत्र दिएको बोलन्या थली डडेल्धुरा युनिटी संयोजक दिपक राज भट्टले बताए ।

ज्ञापन पत्रमा भनिएको छ , “विश्व महामारी कोभिड १९ का कारण देश नै समस्यामा रहेको समयमा डडेल्धुरा पनि जोखिममा रहेको छ । सरकारले कोरोनाका लक्ष्य देखिएका बिरामीको निस्शुल्क पिसिआर परिक्षण गर्न परिपत्र गरेको भए पनि डडेल्धुरा अस्पतालले शुल्क लिने गरेको गुनासो आएकोले तत्काल यो कार्य बन्द गरी निशुल्क पिसिआर परिक्षण गर्न अपिल गर्दछौं ।”

ज्ञापन पत्र बुझदै अध्यक्ष ओझाले यस बारे तत्कालै पुनर्बिचार गर्ने आश्वासन दिए । यस्तै थलीले मानविय लापरवाहीले कोरोना संक्रमण गाँउबस्तीमा समेत फैलिदै गएकाले लक्षण देखिएका बिरामीले तुरुन्त पिसिआर परिक्षण गर्न समेत अनुरोध गरेको छ ।

No description available.

जनाअवजको टिप्पणीहरू