सेती अस्पतालमा कोरोना संक्रमितको चाप घट्न थाल्यो

बोलन्या थली | १० जेष्ठ २०७८, सोमबार
सेती अस्पतालमा कोरोना संक्रमितको चाप घट्न थाल्यो

धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको चाप घट्न थालेको छ । एक हप्ता अघि मात्रै इमरजेन्सी वार्ड, ग्यालरी र आँगनमा समेत अक्सिजन दिएर उपचार गराई रहेको सो अस्पतालममा केहि दिन यता संक्रमितको चाप घटेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

अहिले संक्रमित घटे सगै अस्पतालको आकस्मिक कक्ष बाहिर लगाएको अस्थायी टेन्ट समेत हटाएको छ। कोरोना संक्रमितले अस्पतालको आकस्मिक कक्ष भरिएपछि नेपाली सेनाको सहयोगमा अस्पताल बाहिर ४ वटा टेन्ट लगाइएको थियो।

अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार अहिले अस्पतालमा इमरजेन्सी वार्ड र सर्जिकल वार्डमा ८२ जना संक्रमितको उपचार भईरहेको र  उनीहरु मध्ये इमरजेन्सी वार्डमा १५ जना, सर्जिकल वार्डमा २० जना, आईसीयूमा १५ जना र कोभिड अस्थायी अस्पतालमा ३२ जनाको उपचार भइरहेको जनाएको छ ।

आँगनमा राखेर संक्रमितको उपचार गर्नुपर्ने अवस्था अहिले नरहेको अस्पतालले जनाएको छ । केहि दिन पहिले  एउटै बेडमा दुई जना सम्म गरेर १६ शैयाको वार्डमा ४०–४५ जनाको व्यवस्थापन गर्नुपर्ने झन्झटबाट अस्पतालले मुक्ति पाएको छ । यो जटिल खालको स्वास्थ्य समस्या भएका कोरोना संक्रमितको संख्या कम भएकै कारण सम्भव भएको हो ।

पछिल्लो एक साताको अवधिमा दैनिक औसतमा ८–१० जना संक्रमित डिस्चार्ज भइरहदा सोही हाराहारीमा भर्ना भएपनि गम्भीर संक्रमितको संख्या कम भएको सुचना अधिकारी श्रेष्ठले बताए । अस्पतालमा संक्रमित कम भएसँगै अक्सिजनको माग घट्दा आपुर्तिमा पनि सहज भएको हो । त्यसैमा हाल अस्पतालमा ३५ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएकाले पनि खासै समस्या नरहेको अस्पतालले जनाएको छ ।यस्तै अस्पतालमा  कोरोनामुक्त हुनेनेको संखया पनि बढ्दै गएरहेको छ । आईतबार मात्रै  अस्पतालमा उपचाररत ३० जना कोरोना मुक्त भएका थिए ।   

जनाअवजको टिप्पणीहरू