कान्छा पत्रकारको समाजसेवी मोह : थलीलाई सहयोग जुट्दै


जनक महरा/डडेल्धुरा – डडेल्धुरा भागेश्वर गाउँपालिका–४ डुगरीका दीपक राज भट्ट डडेल्धुरा सदरमुकाममा खबरदारी मिडिया संञ्चालक हुन् ।
उनी पश्चिम सेती निर्माणका लागि सरकारलाई दवाव दिदैं आएको बोलन्या थली डडेल्धुरा युनिटको प्रमुखको जिम्मेवारीमा समेत काम गर्दै आएका छन् । सुदुरपश्चिम मै सबैभन्दा कान्छा पत्रकार भट्ट जिल्ला पत्रकार महासंघ डडेल्धुराको खुल्ला निर्वाचित सदस्य पनि हुन् ।
यसपाली भने पत्रकार भट्ट समाजिक कार्यमा निकै सक्रिय र सामाजिक उत्तरदायित्व निर्वाहमा अघि सरेका छन् । सुदुरपश्चिमका ७ पहाडी जिल्लामा कोरोनाबाट संक्रमित भएर अक्सिजनको अभावमा अकाल मै ज्यान गुमाई रहेका छन् ।
सुदुरपश्चिमको पहाडी जिल्लामा अक्सिजनको अभावमा अकाल मै ज्यान नपरोस् भन्दै बोलन्या थलीले सुरु “प्राणका लागि रु ५०० अभियान” सञ्चालन गरेको छ । उक्त अभियानमा संयोजक भएर पत्रकार भट्ट राहात संकलन गर्दै प्रदेशका पहाडी जिल्लामा अक्सिजन र अक्सिमिटरको निःशुल्क बितरणमा लागेका हुन् । उनी सँगै अभियानमा सुरत तमोली पनी उतिकैखटिएका छन् ।
अभियानको नेटवर्किङ धनगढीबाट केन्द्रीय संयोजक यादब जोशीले गरिरहेका छन । बोलन्या थली संयोजक जोशीले गत बर्ष आश्रय ( अड्डा , दानापानी , ड्रोनबाट दैलोमा दवाई , नाकामा पिसिओ जस्ता पेन्डामिक लक्षित अभियान चलाएको थियो ।
देशमा कोरोनाको दोस्रो लहर देखा परेपछि देशभर अक्सिजन अभाव हुनु थालेपछि “प्राणका लागि रु.पाँच सय” अभियान चालाईएको अभियानका संयोजक भट्ट बताएका छन् । उनले भने “अभियान बोलन्या थली र खबरदारी मिडिया हाउसको सहभागीता चलिरहेको र अभियानलाई भागेश्वर गाउँपालिका र अमरगढी नगरपालिकाले समन्वय गरिदिएको हो ” ।
अभियानले सुदुर पश्चिम प्रदेशका डडेल्धुरा ,डोटी ,अछाम , बाजुरा लगायत जिल्लामा अक्सिजन सिलिन्डर वितरण गरेको छ भने, डडेल्धुरामा अक्सिमिटर समेत वितरण गरेको छ । अबका दिनमा अभियानले राहातका कुरा र अन्य जिल्लामा सिलिन्डर व्यवस्थापन गर्ने तयारी गरिरहेका छन् ।
“मानिसको जन्म पछि मृत्युु निश्चित छ , बाच्नुजेल समाज परिवर्तनका लागी आफ्नो स्वार्थ बाहेक र विवेकले सकेको योगदान समाजलाई दिऔं , परिवर्तन आफै हुदै जान्छ । आफुले कमाएको केहि अंश समाज लाई दान गर्नु नै धर्म हो , धर्म कमाउनु मन्दिर नै जानू पर्छ , पुजा नै गर्नु पर्छ भन्ने छैन” ।
पत्रकार भट्टले भने, “मेरो आमा , बुवा , घर परिवार र दाजु यादब जोशीलाई म मेरो प्रेरणाको स्रोत मान्छु । पत्रकारीता सङ्गै समाजसेवामा लाग्ने मेरो ठूलो रहर छ ।” थलीले संचालन गरेको अभियानलाई अहिले विभिन्न व्यक्ती , व्याबसायी तथा संस्थाबाट राहात संकलन जुट्दै गएको छ ।
