‘प्राणका लागि मेरो रु पाँच सय अभियान’ विनय मल्लले वितरण गरे गाउँ गाउँमा अक्सिमिटर
डडेल्धुरा : विश्व महामारीको रुपमा रहेको कोरोनाले देश थला परेको समयमा डडेल्धुरामा पनि कोभिडका बिरामीलाई विभिन्न समस्या (अक्सिजन)अभाव हुने गरेकाले यसको व्यवस्थापनका लागि आम नागरिकबाट प्राणका लागि मेरो रु ५०० अभियान चालेका छौं , अभियन्ता तथा बोलन्या थली डडेलधुरा प्रमुख दिपकराज भट्टले बताए ।
अभियानमा अमरगढी नगरपालिका खंलगा घर भई हाल जापानमा रहनु भएका विनय मल्लले रु ५१७०० सहयोग गर्नु भएको छ । उक्त रकमबाट बोलन्या थली युनिट र खबरदारि न्युजको टिमले गाउँ गाउँमा अक्सिमिटर र डडेलधुरा अस्पताल , अछाम अस्पतालमा सिलिन्डर वितरण गरिएको बोलन्या थली डडेलधुराका सह संयोजक सुरत तमोलीली बताए ।
अमरगढी नगरपालिका भागेश्वर गाउँपालिका , अमरगढिको कारीगाउँ , झुर्काली , गन्यापधुरा भेटा , पत्रकार महासंघ डडेलधुरा , मालुम , डिलगाउँ , कुचाकोटमा बितरण गरिसकेको र अन्य संक्रमीतको दर उच्च रहेका गाउँमा पठाईने छ , तमोलीले भने ।
पछिल्लो समयमा कोभिडको संकृमण जोखिम बढेपछी गाउँमा अक्सिमिटर नहुदा बिरामी शरीरमा अक्सिजनको मात्रा निकै घट्दा पनि थाहा नपाउने र अस्पताल पुग्दा धेरै ढिलो भैसकेको हुदा ज्यान जाने खतरा बढेको छ । यो अभियानको संयोजन ९ ओटै जिल्लामा बोलन्या थलीको केन्द्रिय कार्यालय धनगढीले गरिरहेको छ ।