प्राणका लागि मेरो रु पाँच सय अभियनमा उपमेयर भण्डारीले गरे ५ हजार सहयोग
बोलन्या थली |
४ जेष्ठ २०७८, मंगलवार
डडेल्धुरा । विश्व महामारीको रुपमा रहेको कोरोनाले देश थला परेको समयमा डडेल्धुरामा पनि कोभिडका बिरामिहरुलाई विभिन्न समस्या (अक्सिजन) अभाव हुने गरेकाले यसको व्यवस्थापनका लागि आम नागरिक बाट प्राणका लागि मेरो रु ५०० अभियान सञ्चालन गरेको अभियानता दिपकराज भट्टले बताएका छन् ।
अभियानमा अमरगढी नगरपालिकाका उप मेयर संगिता भट्टले पाँच हजार सहयोग गरेका छन् ।
उक्त रकमको बोलन्याथलि युनिट र खबरदारी न्युजको टिमले गाउँ गाउँका लागि वितरण गर्ने छ । सहयोगको रकमले अक्सिमिटर ,सिलिन्डर वितरण गरिने भट्टको भनाइ छ ।
पछिल्लो समयमा कोभिडको संकृमण जोखिम बढेपछि गाउँ गाउँमा अक्सिमिटर वितरण गरेको अभियानको योजाना रहेको हो , अभियानले आगमि दिनमा राहात वितरण , हेल्पडेस्क का कामहरु गर्ने योजना रहेको छ ।


