धनगढी हाफ म्याराथुनको उपाधि जुम्लाका दुर्गा बुढालाई

बोलन्या थली | २८ चैत्र २०७७, शनिबार
धनगढी हाफ म्याराथुनको उपाधि जुम्लाका दुर्गा बुढालाई

धनगढी, २८ चैत । अब धनगढी दौडिन्छ भन्ने मुल नाराका साथ धनगढी जेसिसले आयोजना गरेको सातौ संस्करणको धनगढी हाफ म्याराथनको उपाधी जुम्लाका दुर्गा बहादुर बुढाले जितेका छन ।

२१ दशमलक १ किलोमीटरको दुरि उनले १ घण्टा ०६ मिनेट ०८ दशमलव १८ सेकेन्डमा पार गर्दै उपाधी जितेका हुन । बुढाको यो लगातार तेस्रो उपाधी हो । उपाधी संगै बुढाले नगद ५५ हजार ५ सय ५५ रुपैया समेत प्राप्त गरे ।

त्यस्तै निर्धारित दुरि १ घन्टा ०९ मिनेट ०८ दशमलव ५३ सेकेण्डमा पार गर्दै बैतडीका नरेन्द्र रावत दोश्रो भए भने सशस्त्र प्रहरीका सन्तोष बिष्ट तेस्रो भए । उनले २१ दशमलव १ किलोमीटरको दुरि १ घन्टा १२ मिनेट ०४ दशमलव २७ सेकेण्डमा पार गरे । दोश्रो र तेस्रो स्थान प्राप्त गर्ने रावत र बिष्टले नगद ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैया समेत प्राप्त गरेका छन।

यसै गरी कर्पोरेट मिडिया तर्फको ५ किमि दौडमा बिरेन्द्र प्रसाद भट्टराइ प्रथम भएका छन् । ५ किमि दौडमा १७ मिनेट १३ दशमलव ५७  सेकेण्ड मा पार गरे । त्यस्तै निर्धारित दुरि  १८ मिनेट २१ दशमलव ३४ सेकेण्डमा पार गर्दै चन्द्र बोहरा दोश्रो भए भने भोजराज अवस्थी तेस्रो भए ।

यसै गरी पहिलो पटक आयोजना गरिएको खुला ५ किलोमीटर महिला तर्फको उपाधी कैलालीकि सीमा चौधरीले प्राप्त गरिन उनले उक्त दुरि २० मिनेट ११ सेकेण्डमा पूरा गरिन । उपाधी संगै चौधरीले नगद ५ हजार ५ सय ५५ रुपैया प्राप्त गरिन ।

त्यस्तै सीता चौधरी दोश्रो र नेहा खड्का तेश्रो भए । चौधरीले निर्धारित दुरि २० मिनेट ४४ दशमलव २८ सेकेण्ड र खड्काले २२ मिनेट ६ दशमलव ३१ सेकेण्डमा पूरा गरेका थिए । 

उपाधी संगै दोश्रो र तेश्रो हुनेले क्रमशः ३ हजार ३ सय ३३ रुपैया र २ हजार २ सय २२ रुपैया नगद प्राप्त गरे ।

धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुको सभापतित्वमा भएको उक्त कार्यक्रमका बिजेता खेलाडीहरुलाई सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाकि उप-प्रमुख सुशीला मिश्र भट्ट लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन।

जनाअवजको टिप्पणीहरू