डडेल्धुराका दिल दमाई २२ दिनदेखी अस्पतालको शैयामा
धनगढी,२४ चैत । डडेल्धुराको गन्यापधुरा २ का दिल दमाई २२ दिन देखि सेती प्रादेशिक अस्पतालको १९ नम्बर सैयामा उपचारको पर्खाईमा रहेका छन् । डेढ बर्ष अघि आफ्ना छोराछोरीसहित परिवारको भविष्य सुन्दर बनाउने सपना बुनेर पुगेका थिए उनी मुम्बई । तर, त्यहि सपनाको शहर मुम्बई उनको लागि जीवनमरणको दशा बन्यो । मुम्बई पुगेको चार दिनमै उनी भयानक दुर्घटनामा परे । सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिंदा उनको जीवन त जोगियो । तर, दुवै खुट्टा जोगाउन सकेनन् ।
गाडीको ठक्करले उनको खुट्टा क¥याक्ककुरुक्कमात्रै भएन, उनको सपना पनि चकनाचुर भयो । उनलाई भारतमा रहेका नेपालीहरुले सहयोग गरे । अस्पताल पु¥याए । त्यतै उनको करिब छ सात महिनासम्म उपचार पनि भयो । तर, खुट्टा राम्रो भएन । उनी हिड्न सक्ने गरी उनको खुट्टा निको भएन । केही महिना अगाडि सद्दे अवस्थामा घरबाट विदाई लिएर भारततिर गएका दिलबहादुर अपाङ्ता भएर घर फर्के । गरिबीको कारण जोहोका लागि काम गर्न भारत गएका उनी परिवारका लागि उल्टै आर्थिक भार बनेका छन् ।
गरिबीका कारण उनको परिवारले उपचार गराउन सकिरहेका छैनन् । आर्थिक अभावका कारण करिब एक वर्षदेखि नै घरको गोठमा छटपटाइ रहेका उनी जीवन मरणको दोसाँधमा छन् । उनको एक खुट्टाको मासु निकालिएको छ । र, अर्को खुट्टामा रड हालिएको छ । राम्रोसंग उपचार र स्याहारसुसार नभएका कारण उनका खुट्टाका घाउ पाक्न थालेका छन् । आफन्त र स्थानीयसंग ऋण सापटी माँगेर भाईको उपचार गराउँदा गराउँदै १५ लाख रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ ।
प्रदेश सरकार संग केहि आर्थिक सहयोगको अपेक्षा गरेर धनगढी पुगे । तर यहाँ प्रदेश सरकारबाट कुनै सहयोग पाउन नसकेको दिलबहादुरका दाई गगनले बताए । प्रवासको पीडा प्रदेशका मुख्यमन्त्रीले पनि भोगेकाले सहयोगको आश लिएर धनगढी पुगेको भएपनि सोचेजस्तो भने हुन नसकेको जनाएको छ ।
चैत ३ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरेका दिल दमाई आर्थिक अभावकै कारण अस्पतालको शैयामा छटपटाईरहेका छन् । सेती अस्पतालमा उनको उपचार सम्भव नहुने भएपनि आर्थिक अभाबले काठमाडौ लैजान नसकेको दिलका दाई गगन दमाईले बताए । खुट्टाको क्रयाक हड्डी नमिलेकोले त्यसका लागि डाक्टरको टिमले काठमाडौ उपचार गर्न सुझाव दिएका थिए । ‘भाईलाई २२ दिन अस्पतालमा राखेको भईसक्यो । डाक्टर यता सम्भव छैन काठमाडौ वीर अस्पताल लैजानु भन्छन्,गगनले भने ’आफूसङ्ग पैसा छैन,कसरी काठमाडौ लग्नु।’
गर्मी बढेसङ्गै घाउ पाक्न थालेका छन् ।सरकारले निःशुल्क उपचारको व्यवस्था गरिदिए दिल दमाईले पुनर्जीवन पाउने परिवारले आश गरेका छन् । दमाईको उपचारमा सहयोग गर्न चाहनुहुन्छ भने मोबाइल नम्बर ९८१२६९९२१२,९८२८८७४८६२ वा दिल बहादुर दमाईको बाणिज्य बैंकमा रहेको खाता नम्बर ४२४०१०००५३०२९०१० मा आर्थिक सहयोग गर्न सकिनेछ ।