गोदावरी पुलमा राखिएको नेपालको झण्डा अज्ञात समूहले फालिदिए

बोलन्या थली | १६ चैत्र २०७७, सोमबार
गोदावरी पुलमा राखिएको नेपालको झण्डा अज्ञात समूहले फालिदिए

धनगढी: गोदावरी क्षेत्रसँगै पुरानो काठे पुललाई पर्यटकीय क्षेत्रका रुपमा प्रचारप्रसार गर्ने ध्ययका साथ फहराइएको नेपालको झण्डा अज्ञात समूहले फालिदिएका छन्।विज्ञापन

 ८ फिट लम्बाइको झण्डा राखिएको ३० फिट अग्लो खम्बा सोमबार भाच्चिएको अवस्थामा र झण्डा फ्याकिएको अवस्थामा फेला परेको हो। 

गत पुसमा थ्रीडीभिएल क्रियसन, नवादेव सेल्ताडा ट्रेड एण्ड सप्लायर्स र एसके हार्डवयरको सहयोगमा गोदावरीको पूरानो पुलमा झण्डा राखिएको थियोे। विज्ञापन

पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्तीका र राष्ट्रिय एकता दिवसको अवसरमा ४ महिना अगाडी राखिएको झण्डा पहिल्लो समय सामाजिक सञ्जाल टिकटकमा चर्चित बनेको थियो। विज्ञापन

तर झण्डाको अपमान हुने गरी मंगलबार राति भने अज्ञात समूहले तोडफोट गर्दै झण्डा फालिदिएका छन्। थ्रीडीभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले झण्डा राखिएको डण्डी झुकाइएको र त्यसमा रहेको झण्डा २ सय मिटर पर भूइमा फालेको अवस्थामा फेला परेको बताए। 

उनले झण्डाको अपमान गरिएको बारेमा जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी गराएको बताएका छन्।

जनाअवजको टिप्पणीहरू