डेढ बर्षअघी सडक दुर्घटनामा दुईटै खुट्टा फ्याक्चर,खर्चको अभावमा दिल दमाईको हुन सकेन् उपचार !
धनगढी : डेढ बर्षअघि भारतमा सडक दुर्घटनामा परि दुईटै खुट्टा फ्याक्चर भएका डडेल्धुराको गन्यापधुरा ०२ कोरगाउका २७ बर्षिय दिलबहादुर दमाई खर्चको अभावमा उपचार हुन सकेको छैन ।
आर्थिक स्थिती अत्यन्तै कमजोर भएका दमाई रोजगरीका लागि एक बर्षअघि भारतको मुम्बईमा गएका उनी तीन दिनपछि भारतमा सडक दुर्घटनामा परि दुवै खुट्टामा गम्भिर चोट लाग्यो । अहिलेसम्म खुट्टाको उपचारका लागी आफ्न्तको सहयोग र ऋण जोहो गर्दै दिलको उपचारमा जुटे तर ऋण जोहो गरेको पैशााले दिलको उपचार हुन सकेन । यतिबेला उनी जीवन र मरणमको अवस्था छन् ।
दिल दमाईका बुवा दुर्गा दमाईलाई एकातिर १८ जनाको परिवारलाई दैनिक जिविकोपार्जन गर्न मुस्किल छ भने अर्को खाउखाउ उमेरको छोरो घरमा खर्चको अभावमा पिडामा तड्फी रहेको देख्दा उनको मन जलेको छ । सम्पत्तिको नाममा एक घर छ । छोराको उपचारमा १५ लाख बढि खर्च गरि सकेका छन् । गर्मी सुरु भएसङ्गै छोराको खुट्टामा घाउ पाक्न सुरु भएको छ । थप उपचार खर्च जुटाउन नसक्दा छोरो त्यतिकै सड्ने अवस्थामा छ बुबा दुर्गा दमाईले बताए । दिल दमाईका एक छोरा,एक छोरी र श्रीमती रहेका छन् । भने परिवारमा आमा,बुबा,दुई दाईसहित १८ जना रहेका छन् ।
परिवारले मंगलबार बोलन्या थलीको सेटमा धनगढीमा पुगेर दिल दमाईको थप उपचारका लागी सक्दो आर्थिक सहयोग गरिदिन भन्दै सबैमा अपिल गरेका छन् । ‘तपाईंको सानो सहयोगले दिल दमाईलाई जिउन सहज हुनेछ ।’
आर्थिक सहयोगका लागि मोबाइल नम्बर ९८१२६९९२१२/९८२८८७४८६२ मा सम्पर्क गर्न सकिनेछ ।