पशुपतिमा सुनको जलहरी राख्ने निर्णयमा सर्वोच्चले अन्तरिम आदेश दिएन
बोलन्या थली |
२ चैत्र २०७७, सोमबार
काठमाडौँ,२ चैत । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णय बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।बागमती प्रदेश सभाका सदस्य नरोत्तम वैद्य र अधिवक्ता नितिका ढुंगानाले सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
सोमबार प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ‘अन्तरिम आदेश जारी नहुने’ आदेश गरेका हुन् ।प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएको सो मुद्दाले अग्राधिकार पाएको अधिवक्ता ढुंगानाले बताइन् ।
निवेदकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय कार्यान्वयन नगर्न र पहिलेकै जलहरीलाई कायम राख्न माग गरेका छन् ।