प्रधानमन्त्री ओलीले चैत ७ गतेको बैठकमा नआए नेपाल समूहलाई कारबाही गर्ने चेतावनी
बोलन्या थली |
२९ फाल्गुन २०७७, शनिबार
काठमाडौँ,२९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते बोलाएको एमाले केन्द्रीय समितिको बैठकमा उपस्थित हुन नेपाल–खनाल समूहलाई आग्रह गरेका छन्।
शनिबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरका अखिल नेपाल महिला संघले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समयदेखि एमालेका वरिष्ठ नेता माधवकुमार समूह बैठकमा उनुपस्थित भएको बताउँदै ७ गतेको बैठकमा आउन आग्रह गरेका हुन्। उनले पार्टी बैठकमा नआए विधान अनुसार कारबाही गर्ने चेतावनी समेत दिएका छन्।


