सशस्त्र प्रहरी उधाेग वाणिज्य संघ सरसफाई अभियानमा जुट्दै
कंचनपुर- कंचनपुरकाे शुक्लाफाँटामा सुन्दर शुक्लाफाँटा नगर स्वच्छ सफा राख्ने हामी सवैकाे रहर भन्ने मुल नाराका साथ झलारिमा बृहत् सरसफाई अभियानका साथ सार्वजनिक स्थलमा सरसफाई गरिएको छ।
शनिवार सशस्त्र प्रहरी वल वनसमेति कंचनपुर र झलारिपिपलाडि उधाेग वाणिज्य संघले संयुक्तरूपमा वजारक्षेत्र,शिव मन्दिर लगायतका सार्वजनिक स्थलमा सरसफाई गरेकाे हाे।यश अधि समेत शिवरात्रि मेलालाई लक्षित गरि सार्वजनिक स्थलमा सरसफाई गरिएकाे झलारिपिपलाडि उधाेग वाणिज्य संघका अध्यक्ष हरेन्द्र भण्डारीले वताए।
स्वच्छ सरसफाई युक्त वातावरणले सभ्यताको पहिचान दिन्छ अध्यक्ष भण्डारीले भने सार्वजनिक स्थल सरसफाई राख्नु सवैकाे साझा जिम्मेवारी हुन्छ।सरसफाईकाे महत्त्व वारे सवैमा जनचेतना जगाउन याे अभियानकाे थालनि गरिएको वताउदै सराेकारवाला सवैकाे साथ सहयाेग अनिवार्य रहेकाे उनले वताए।
सशस्त्र प्रहरीवल वनसमेति कंचनपुरका एसपी बिरेन्द्र वहादुर ऐरले सार्वजनिक स्थल हामी सवैका साझा सम्पत्ति रहेकाले याे सवैकाे सराेकारकाे विषय वन्नु पर्छ भन्दै उनले पर्यटककाे प्रमुख गन्तव्य सार्वजनिक स्थलनै हुनेहुदा संरक्षण सम्वद्वनमा सवैमिलि जाेडदिनु पर्ने एसपी ऐरले वताए।
राज्यले दिएकाे जिम्मेवारी कर्तव्य निष्ठाका साथ निभाउदै देश र जनताकाे सेवाका लागि समय समयमा सामाजिक अभियानलाई पनि निरन्तरता दिने उनकाे भनाई रहेकाे थियो।झलारि पिपलाडि उधाेग वाणिज्य संघले स्थानिय सरकार विभिन्न संघ संस्था संग समुन्वय गरि विभिन्न सामाजिक अभियानलाई निरन्तरता दिदै आएकाे छ।