महिला दिवसको अवसरमा सेभ हाउसलाई खाध्यन्न सहयोग

बोलन्या थली | २४ फाल्गुन २०७७, सोमबार
महिला दिवसको अवसरमा सेभ हाउसलाई खाध्यन्न सहयोग

अत्तरिया – गोदावरी पत्रकार मञ्चले गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई खाध्यन्न सहयोग गरेको छ ।

१११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पारेर मञ्चले अनाथ एबम् असहाय महिला तथा बालबालिकाहरुलाई संरक्षण दिदै आएको महिला तथा बालबालिका सेभ हाउसलाई खाध्यन्न सहयोग गरेको हो ।

अत्तरियाका बिभिन्न मिडियामा आबद्ध कृयशिल पत्रकारहरुलाई समेटेर गठन गरिएको पत्रकार मञ्चको टिमले आफ्नो पहिलो कार्यक्रम स्वरुप सेभ हाउसलाई आज एक औपचारिक कार्यक्रमका बिच चामल , दाल , नुन , तरकारी लगाएतका खाध्यान्न सामाग्रीहरु सहयोग गरेको हो ।

जसमा २ कट्टा चामल , ३ किलो दाल , नुन २ प्याकेट , ५० किलो आलु , बन्दा गोवी २० किलो , फुल गोवी १० किलो , प्याज ५ किलो र टमाटर ५ किलो र हरियो धनिया सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरिएको गोदावरी पत्रकार मञ्चका प्रवक्ता प्रेम बिष्टले जानकारी दिए ।

मञ्चले यस क्षेत्रका समस्याहरुलाई सामुहिक रुपमा उठान गरी सम्बन्धित निकायको ध्यानाकर्षण संगै समस्यामा परेकाहरुलाई सहयोग पनि गर्दै जाने कार्यक्रम अन्र्तगत पहिलो कार्यक्रममा खाध्यान्न सहयोग गरिएको उनले बताए ।

आगामी दिनहरुमा पनि यस्ता खालका सहयोगहरु गर्दै जाने पत्रकार मञ्चले बताएको छ । सहयोग हस्तान्तरण पछि सेभ हाउसकी अध्यक्ष जानकी मलासीले अत्तरियाका पत्रकारहरु एकजुट भएर गठन गरिएको पत्रकार मञ्चले महिला दिवसको अबसरमा आफ्नो संस्थामा आएर सहयोग गरेको भन्दै धन्यवाद दिइन् ।

उनले संस्थालाई खाध्यान्न र तरकारी अभाव रहेका बेला सहयोग गरेको र आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गरेको बताइन् । यस्तै पत्रकार मञ्चलाई आफ्नो तर्फवाट गर्न सकिने सहयोग पूर्ण रुपमा गर्ने उनले प्रतिबद्धता समेत जनाएकी छन् ।

महिला तथा बालबालिका सेभ हाउसले अहिले ४५ जना अनाथ एबम् असहाय महिला तथा बालबालिकाहरु संरक्षण दिदै आइरहेको छ । 

जनाअवजको टिप्पणीहरू