कैलालीका एकजना युवक लागुऔषधि सहित कञ्चनपुरबाट पक्राउ


धनगढी । कैलालीका एकजना युवक लागुऔषधिसहित कञ्चनपुरबाट पक्राउ परेका छन ।
पुनर्वास नगरपालिका–४ घ गाउँबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको बोडर आउटपोष्टबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय दिल्लीराज जोशीलाई पक्राउ गरेको हो।
जोशीले चलाइरहेको से२प ४८०७ नम्बरको मोटरसाइकलबाट ८० ट्याब्लेट ‘स्पास्मो प्रोयोन प्लस’ नामक लागुऔषधि फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले बताए।
पक्राउ परेका जोशीलाई आवश्यक कारवाहीका लागि प्रहरी कार्यालयमा बुझाइएको हेडक्वाटरले जनाएको छ।