कैलाली कारागारबाट विप्लव समूहका सेती महाकाली इञ्चार्ज पुन रिहा

बोलन्या थली | २१ फाल्गुन २०७७, शुक्रबार
कैलाली कारागारबाट विप्लव समूहका सेती महाकाली इञ्चार्ज पुन रिहा

धनगढी । विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुन कैलाली कारागारबाट रिहा भएका छन । कारागारमा राखिएका पुन र अर्का केन्द्रिय सदस्य विवेक कुमाल आज रिहा भएका हुन । नेता पुन रिहा भएपछि कारागार बाहिर कार्यकर्ताहरु नाराबाजी सहित खुशी साटासाट गरिरहेका छन । 

सरकार र नेकपाबीच तीन बुँदे सहमति भएसँगै उनीहरुलाई रिहा गरिएको हो । पुनलाई ५० हजार धरौटीमा रिहा गरिएको बताईएको छ । पुनलाई धनगढीको बेलीबाट प्रहरीले पक्राउ गरेको थियो ।

नेकपा र सरकारबीचको ३ बुँदे सहमतिसँगै २८ फागुन ०७५ मा सो पार्टीलाई लगाएको प्रतिबन्ध बिहीवार फुकुवा गरेको थियो ।

जनाअवजको टिप्पणीहरू