प्रधानमन्त्री पद पाए छोडिदैन : कांग्रेसका सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद स्वीकार्ने संकेत दिएका छन् । उनले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताए ।
बुधबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने स्षप्ट पारे । ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ,’ उनले भने ।
सोही कार्यक्रममा महामन्त्री शशांक कोइरालाले नेकपाको प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने धारणा राखे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव प्रचण्ड–माधव समूहले या कांग्रेसले ल्याउनेसमेत बताएका हुन् ।
‘प्रचण्ड–माधव नेपालसँग मिलेर हामी सरकारमा जानुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो,’ उनले भने । नेकपा विभाजन नभइ कांग्रेस सरकारमा गएर केही उपलब्धी नहुने उनको धारणा थियो ।
महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–माधव समूहसँग मिलेर भए पनि पदबाट हटाउने स्पष्ट पारे ।